५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

प्रधानमन्त्रीको स्वास्थ्य: छातीमा पानीको मात्रा सुकेको हुनाले तत्काल डायलाइसिस गर्न नपर्ने

प्रधानमन्त्रीको स्वास्थ्य: छातीमा पानीको मात्रा सुकेको हुनाले तत्काल डायलाइसिस गर्न नपर्ने
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ । छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरूले बताएका छन् । ‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्, ‘बीच–बीचमा स्वास्थ्य परीक्षण गरिन्छ, त्यतिवेला समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ ।’

निजी चिकित्सकहरू डा.सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको स्रोतले जनायो । ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरेका छन् । गत साउन र भदौमा सिंगापुरको सो अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो ।

नियमित डायलाइसिस गर्नुपर्ने अवस्था छैन: डा.दिव्या सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक: पछिल्लोपटक मनमोहन कार्डियो थोरासिक सेन्टरमा प्रधानमन्त्रीको छातीको एक्सरे गरियो । रिपोर्ट राम्रो आएको छ । फोक्सोमा पानी अस्ति बढी जमेको थियो, अहिले ठीक छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल दोस्रो डायलाइसिस गर्नुपर्ने आवश्यकता देखिएको छैन । लगातार डायलाइसिस गर्ने अवस्थामा प्रधानमन्त्री पुग्नुभएको छैन । बीच–बीचमा उहाँको स्वास्थ्य परीक्षण गरिन्छ । केही समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ ।

बालुवाटारबाटै नियमित काम:स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएपछि प्रधानमन्त्री बालुवाटारमा आरामसँगसँगै नियमित काममा पनि सक्रिय हुन थालेका छन् । बालुवाटार फर्किएको भोलिपल्ट (शुक्रबार) देखि नै भेटघाट सुरु गरेका थिए । पहिलो दिन उनले अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेताहरूसँग छलफल गरेका थिए ।

शनिबार र आइतबार सरकार र पार्टीका बैठक डाकेर महत्वपूर्ण निर्णय नै गराए । सोमबार बालुवाटारमै सचिवालय बैठकमा सहभागी भएका उनी मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा प्रदेश प्रमुखहरूको शपथग्रहणमा सहभागी थिए । बुधबार बालुवाटारमै मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।

मन्त्री र मुख्यसचिव लोकदर्शन रेग्मीलगायतलाई पनि बालुवाटारमै भेटघाट गरेर निर्देशन दिँदै आएको प्रधानमन्त्रीको सचिवालयले जनायो । ‘आवश्यकताअनुसार मन्त्री र मुख्यसचिवलाई निर्देशन पनि दिइरहनुभएको छ,’ प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । नयाँ पत्रिका दैनिकबाट