१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित
अ अ+ अ-

म्याग्दी। जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पूजा कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । क्यान्सररोग विशेषज्ञ डा विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाहको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिनुभएको थियो ।

दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाले पनि सुविधा पाएका छन् । शिविरको संयोजन गर्नुभएकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताउनुभयो ।

बालविवाह र शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका किशोरी गर्भवती र सुत्केरी हुँदा स्त्रीरोगसम्बन्धी समस्या धेरै रहेको तर उनीहरू रोग लुकाएर बस्ने गरेका पुनले बताउनुभयो । स्वास्थ्य शिविरअघि जेठ १० गते मालिका गाउँपालिकाको सात वडाका २७ किशोरी र युवतीलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार विधिका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी किशोरीले जेठ ११ गते बस्तीहरूमा पुगेर सचेतनामूलक कार्यक्रम गरेका थिए ।

तीस वर्षभन्दा कम उमेर समूहका नेपालका युवा महिलाले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियानमार्फत हालसम्म २० हजार जनाभन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ । शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताउनुभयो । रासस