१ असार २०८३, सोमबार
,
Latest
अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट (पूर्णपाठ) शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नक्साको विरोधमा नेविसंघको प्रदर्शन सडकमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपालको भूमि लिपुलेक र कालापानी भारतले जारी गरेको नयाँ नक्सामा पारेको विरोधमा प्रदर्शन गरेको छ। बिहीबार नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि सडकमा प्रदर्शन गरेको हो ।

नेविसंघले भारतीय पक्षले सीमा अतिक्रमण गरेको र नक्सामा पनि नेपालका भूमि समावेश गरेकोमा भारतीय हस्तक्षेपविरूद्ध प्रदर्शन गरेको थियो।उनिहरुले नेपाली एक हुनुपर्ने भन्दै सरकारले पनि भारतीय पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने बताए।

भारतीय पक्षले जारी गरेको नक्सालाई लिएर सत्तारूढ नेकपा, प्रतिपक्षी कांग्रेसलगायत दलहरूले विरोध गर्दै आएका छन्।