![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
पोखरा । कास्की क्षेत्र नम्बर २ मा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले नेकपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
![](https://newspolar.com/wp-content/uploads/2019/11/rabindar-bidhya.png)
उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।