२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैकल्पिक राजनीतिको खोल ओढेर पार्टीमा अत्याधिक फोहोर गरे, मैले पार्टी छाडे: रन्जु दर्शना



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीको नेता रन्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । दर्शनाले  विहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग  गरेको घोषणा गर्नुभएको हो । उहाँले अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने जनाउनु भएको छ ।  

विज्ञप्तिमा दर्शनाले राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको जनाउनु भएको छ ।

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार समेत बन्नु भएको थियाे   ।