३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते



अ+ अ-

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् ।

कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो।

हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ। यसैबीच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्। (रासस/सिन्ह्वा)