५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

पहिलोपटक बहालवाला मन्त्रीमाथि विभागको विस्तृत सम्पत्ति छानबिन

पहिलोपटक बहालवाला मन्त्रीमाथि विभागको विस्तृत सम्पत्ति छानबिन
अ+ अ-

काठमाडौं । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो । रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष छानबिन टोली गठन गरेको छ ।

टोलीले बुधबार र बिहीबार मन्त्रीको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । एसपी कमल थापा नेतृत्वको टोली केही दिनयता सुदूरपश्चिममै बसेर उनीमाथि छानबिन थालेको हो । बहालवाला मन्त्रीमाथि विभागले यसरी विस्तृत छानबिन गरेको यो पहिलोपटक हो । मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानबिन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले मन्त्री रावलविरुद्ध मुद्दा दायर भएको स्विकारे । ‘पहिले नै हाजिरी जमानीमा छाडिएको रहेछ,’ उनले भने, ‘त्यही भएर पछि हामीले पक्राउ गर्न नमिलेको हो ।’

साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर:जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो । सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा उनले पैसा लिएका थिए । १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेपछि उनीहरूलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । मुद्दा दायर गरिएकाहरूमा धेरै कम्पनीकै सञ्चालकहरू छन् ।

रावलको समेत लगानीमा २०६१ सालमा जनज्योति प्रालि नामक कम्पनी दर्ता भएको थियो । १३ पुस २०७४ मा त्यसलाई जनज्योति एजुकेसन फाउन्डेसन बनाइएको थियो । सोही कम्पनीमार्फत महेन्द्रनगरमा जनज्योति बहुमुखी क्याम्पस सञ्चालन गरिएको छ । कम्पनीको सेयर बिक्रीका नाममा पैसा लिएर सेयर नदिएपछि मुद्दा परेको हो । तर, फौजदारी मुद्दा दायर हुँदासमेत उनी सुरक्षाकर्मीकै सुरक्षामा रहँदै आएका छन् । विभागले पनि अनुसन्धानमा तीव्रता दिएको छ ।

तीन दिन लगाएर कागजपत्र संकलन:विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको छ । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको स्रोत बताउँछ । उनको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको छ । उनको सबै चल–अचल सम्पत्ति विभागले रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर राज्यमन्त्री रावलमाथि छानबिन थालिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए ।

प्रहरीले थाहै नदिई मुद्दा चलायो, राजीनामा दिन्नँ: मन्त्री रावल: जनज्योति प्रालिका २९ सेयरधनीमध्ये म पनि एक साधारण सदस्य हुँ । म कम्पनीको बोर्डमा छैन । मैले कुनै सेयर बेचेको पनि छैन । बोर्डमा नभएको मान्छेले कसरी ठगी र किर्ते गर्न सक्छ रु त्यस्तो गर्न त म कार्यकारी पदमा हुनुपर्‍यो, लेनदेन भएको हुनुपर्यो, मेराविरुद्ध कुनै प्रमाण छैन । सुरुमा प्रहरीमा चारजनाविरुद्ध जाहेरी परेको रहेछ, त्यसमा मेरो नाम छैन । पछि, प्रहरीले सोलोडोलो सबै सेयर सदस्यविरुद्ध मुद्दा चलाएको रहेछ ।

प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि जोविरुद्ध मुद्दा चलाउने हो, उसलाई जानकारी दिनुपर्ने हो, त्यो भएन । तैपनि अदालतको सम्मान गर्छु । अदालतमा उपस्थित भएर सबै कुरा बताउनेछु । तर, मुद्दा पर्दैमा राजीनामा दिने कुरा आउँदैन । किनकि यसमा मेरो कुनै गल्ती छैन । मविरुद्ध कुनै प्रमाण छैन । गल्ती गरेको लागेको भए त पहिले नै मैले राजीनामा दिइसक्थेँ । सम्पत्ति शुद्धीकरणले गरेको छानबिनबारे जानकारी छैन । नयाँ पत्रिका दैनिक