२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

सूर्य थापाको मोहन बिक्रमलाई सल्लाह ८७ वर्षको उमेरमा कठैबरा यो दु: ख किन !

सूर्य थापाको मोहन बिक्रमलाई सल्लाह ८७ वर्षको उमेरमा कठैबरा यो दु: ख किन !
अ अ+ अ-

नेकपा मसाल फेरि फुट्यो । यो कतिऔँ पटकको फुट हो ? गनिसाध्ये छैन। २०३१ सालयता नेकपा चौमबाट निर्मल लामा, मोहनविक्रम सिंह र मोहन वैद्यको नेतृत्वमा फुट भयो । २०४२ मा पार्टी विभाजन गरी सिंह-केसीले नेकपा मसाल बनाइसकेपछि विभिन्न समयमा त्यस पार्टीबाट मणि थापा र भरत दहालको साथमा डाइनामिक युथ लिग, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र डा. बाबुराम भट्टराईको नेतृत्वमा, दिनानाथ शर्माको नेतृत्वमा अर्को समुह, रामसिंह श्रीष, परि थापा र  नवराज सुवेदीको नेतृत्वमा अर्को समूह तथा डिलाराम आचार्य र  गिरिधारीलाल न्यौपानेहरूको नेतृत्वमा अर्को हिस्सा गरी पटकपटक विभाजन भएको इतिहास छ । र,अहिले गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ। यस पटकको  विभाजनमा केही महत्त्वपूर्ण र सही कारण एवं विश्लेषण छन्।

यही विभाजनको असरलाई चिर्न ८७ बर्षको उमेरमा महामन्त्री मोहनविक्रम सिंह प्यूठानमा घरदैलो र वडा भेलाहरू गर्दै हिडिरहनुभएको छ१ महामन्त्रीलाई यस्तो चटारो आफैमा नमिल्दो देखिन्छ। यस्तो दुस्ख स्थानीयले किन दिएका होलान् ?

कुरा यत्ति हो कि दक्षिणपन्थी राजनीति र पारिवारिक क्लबमा परिणत पार्टीको आजको स्थितिप्रति हामीलाई केही भन्नु छैन। यो स्वभाविक परिणाम हो । यस विभाजनमा कथित पाँच टुक्राहरूको गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाको एक बर्षयता जारी अराजनीतिक, स्वार्थी र जनादेशविपरित परमादेशको पक्षधरताप्रति तमाम प्रश्न उठाएर त्यसको खिलाफमा भएको विभाजन सही र जायज छ। 

हुन त २०१० सालअघि मोहनविक्रम सिंह मातृकाप्रसाद कोइरालाको राष्ट्रिय प्रजा पार्टी र त्यसअघि नेपाली काँङ्ग्रेसमा हुनुहुन्थ्यो । ६७ बर्षपछि उहाँको राजनीति २०१० अघिकै सेरोफेरोमा पुगेकोमा चाहिँ आश्चर्य र दिक्क लाग्छ। उग्रवामपन्थी राजनीतिको पतन दक्षिणपन्थमा पुगेर हुने उहाँको प्रशिक्षण लिएकाहरूलाई त थप केही संझाइरहनु नपर्ला नै।

२०७४ को आम निर्वाचनमा मोहनविक्रम सिंह वामपन्थी मत, मुख्यतः नेकपा एमालेको सहयोगमा आफ्नी श्रीमती दुर्गा पौडेललाई प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित गर्ने गठबन्धनमा हुनुहुन्थ्यो र प्यूठानमा स्वयं चुनाव प्रचारप्रसारमा यसैगरी सक्रियताका साथ लाग्नुभएको थियो। तर त्यो विश्लेषण र गठबन्धनको घोषणाविपरित गण्डकी र लुम्बिनी प्रदेश तथा संघीय सरकार ढाल्न  प्रयोग भएर यतिखेर देउवा सरकारको निस्शुल्क सारथि र बैशाखी बन्दै उहाँकै नेतृत्वमा वामपन्थी जनमतलाई विश्वासघात गरिएको छ।जनतामा जानुलाई कथित प्रतिगमन भन्ने भ्रान्त विश्लेषणको शिकार नेकपा मसाल बनेको छ। यही गलत राजनीतिविरूद्द समेत पछिल्लो यो फुट भएको छ। खासमा राजनीति बेठीक हुँदा नै सबै चिज बेठीक हुने हो। पार्टी त यसरी नै फुट्छ, कार्यकर्ता र जनताले पनि छाड्छन् नै । अहिले यही त भएको हो।

यति धेरै पटक विभाजन भएर अस्तित्व रक्षाको अन्तिम संकटमा गुज्रिरहेको समूह अब किमार्थ जोगिने स्थिति छैन। कमरेड पुष्पलालले संयुक्त जनआन्दोलनको नीतिअन्तर्गत नेपाली काँग्रेससँग सहकार्य गरी पञ्चायत फाल्न जोड दिनुहुँदा गद्दार पुष्पलालु लेख्नुहुने आनन्दबहादुर क्षेत्री उर्फ मोहनविक्रम सिंहलाई आज आफू र आफ्नो समुहको कम्युनिस्टविरोधी र देउवापरस्त सोंचाइ, नीति र व्यवहार स्वयंलाई कस्तो लागिरहेको होला ?

नेपालको कम्युनिष्ट आन्दोलनमा हामीजस्ता पछिल्लो पिढींका कार्यकर्ताहरूलाई कामरेड मोहनविक्रम सिंहको यो हविगत दुस्खदायी लागेको छ। उहाँको महामन्त्री पदको जिम्मेवारी नै मेरो सिंगो जीवन बराबरी अर्थात ४७ बर्ष पुगेको छ। तर असफलता, विभाजन र एक्लोपन – आज उहाँको परिचय भएको छ। 

व्यक्तिगत र मानवीय रूपमा म उहाँलाई अनुरोध गर्न चाहन्छु- पुसको चिसोमा आफ्नो राम्रो ख्याल गर्नुस, आराम गर्नुस र समुहस्वार्थको राजनीतिबाट अब सन्यासको घोषणा गर्नुस र हामी सबैको साझा सम्मानको पात्र बन्नुस। तपाईंको नेतृत्वमा क्रान्ति त भएन नै, परिवर्तनको कुनै आन्दोलनको नेतृत्व गर्न सक्नुभएन । राष्ट्रको समृद्धि र जनताको जीवनमा खुशियाली ल्याउन त झनै संभव भएन । अब यो वास्तविकतालाई त स्वीकार्नुस। तपाईंलाई स्वीकार्न अप्ठ्यारो परेको वस्तुगत यथार्थ यही हो।

ओखरकोटमा नयाँ घर बनाउनुभएको थाहा पाउँदा खुशी लागेको छ। बरू त्यहीं भेट गर्न बोलाउनुस। तपाईंका कुरा सुन्न र भेट्न चाहनेहरू आइहाल्छन्। यसो गर्नु नै उपयुुक्त होला। उमेर, अवस्था र स्वास्थ्य ख्याल गर्नुस। झिमरूकका अध्यक्ष तिलक जिसीजी यसो गरे कसो होला?

– लेखक सूर्य थापा नेकपा एमालेका नेता हुनुहुन्छ ।