४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम संस्कृति पार्टीका सबै कार्यक्रम र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य गर्न निर्देशन



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीले आफ्ना विभिन्न कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोल तहसम्मका सबै संरचनालाई सम्बोधन गर्दै यस्तो निर्देशन जारी गरेका हुन्।

जारी गरिएको पत्रमा पार्टी मातहतका सबै तहमा सञ्चालन हुने कार्यक्रमका ब्यानर तथा प्रचार–प्रसार सामग्रीहरूमा “श्रम पिता” भनेर सम्बोधन गरिएका अध्यक्ष  हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा समावेश गर्न भनिएको छ।

पत्रअनुसार पार्टीका सबै गतिविधिमा एकरूपता कायम गर्न र संगठनात्मक पहिचान बलियो बनाउन यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ।

यससँगै पार्टीका सबै तहका संरचनालाई उक्त निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको छ।