१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान
अ अ+ अ-

काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो।

उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार गत असारमा जिपिएस ट्रयाकिङ प्रणालीसमेत जडान गरिएको छ । उहाँले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन् । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर आवश्यक सतर्कता अपनाउने गरेको बताउनुभयो । यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जमा नौ वटा जङ्गली हात्ती रहेका छन् । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।