२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र

पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र
अ अ+ अ-

जाजरकोट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । 

ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन् । विद्युतीकरण नहुँदा सङ्घीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न योजना पनि अलपत्र परेका हुन् । ११ केभी प्रशारण लाइनको पोल गाडेको तीन वर्षसम्म पनि विद्युत् लाइन विस्तार नहुँदा यसबाट सञ्चालन हुने कार्यमा बाधा पुग्दै आएको छ । 

खलङ्गा–बाहुन थाना, पाँच काटियाहुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा लाइन विस्तारका लागि तीन वर्षदेखि काम नहुँदा विद्युत्बाट हुने काममा बाधा पुगेको हो । त्यस्तै खलङ्गा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमाटीभन्दा अगाडि बढ्न नसकेपछि अर्को समस्या थपिएको छ । लाइन विस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा विकास निर्माणमा समेत बाधा पुगेको हो ।

विद्युतीकरणको अभावमा रु २० लाखमा स्थापना गर्न लागेको प्रि फ्याब प्राविधिकको कोल्डस्टोर (शीतभण्डार) स्थापनामा चुनौती थपिएको छ । कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउका लागि सहकारी संस्थाबाट प्रस्ताव गत भदौमा मागेको थियो । कार्यालयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत् सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए । 

फेरि कार्यालयले सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटकको पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत् नपुगेकाले असफल हुने हो की भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा किसान शक्तिबहादुर ओलीले बताउनुभयो । 

“विद्युत् नभएको ठाउँमा शीतभण्डार सञ्चालन हु सक्दैन”, कृषि विकास कार्यालयका प्रमुख रवीन धितालले भन्नुभयो, “पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौँ, मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट र्फिता जान्छ ।”

त्यस्तै अघिल्लो वर्ष दूध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमटीले रु १६ लाखमा खरिद गरिएको उपकरण विद्युत्कै अभावमा सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशुसेवा कार्यालयको अनुदानमा उक्त उक्त उपकरण सहकारी संस्थाले खरिद गरिएको थियो । दूध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडाँगाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहीन भएको छ । सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्या भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरु भएको प्रबन्धक किशोर रावलले बताउनुभयो । 

जिल्लास्थित सरकारी कार्यालयको अनुदान सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रम विद्युतीकरणको अभावमा अलपत्र पर्ने गरेको छ । त्यस्तै जिल्लाभरिका स्थानीय तहलेसमेत विभिन्न प्रविधिसँग जोडिएका किसान मैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुनेगरेको गुनासो गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कारबाही गर्नुको ठाउँमा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ । जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधारणको गुनासो छ ।

शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तेजविक्रम  शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लगेको जाजरकोट वितरण केन्द्रका प्रमुख अविशेक राजले बताउनुभयो ।

ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फ्याँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ । लाइन विस्तारका लागि सबै सामग्री आइसकेकाले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अविशेकले बताउनुभयो । त्यस्तै जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सवस्टेशनको कामसमेत धिमागतिमा भएकाले जिल्लाको विद्युतीकरणमा समस्या देखिएको हो । रासस