७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता केम सोखाको सजाय माफी



अ+ अ-

नोमपेन। कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख हुन सेनले सोमबार विपक्षी नेता केम सोखालाई देशद्रोहको आरोपसम्बन्धी लगभग तीन दशकको सजायबाट आममाफी दिइएको घोषणा गर्नुभएको छ।

कम्बोडियाको पूर्व प्रधानमन्त्रीसमेतको अनुभव सङ्गालेका कार्यवाहक राष्ट्र प्रमुख हुन सेनले आफूले हस्ताक्षर गरेको आम माफीको निर्देशन पत्रसहित संलग्न गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “लामो समयदेखि शासन गरिरहेका पूर्व नेताको सरकार ढाल्न खोजेको अभियोगमा दोषी ठहरिएका र २७ वर्षको जेल सजाय सुनाइएका केम सोखालाई आम माफी दिइएको छ।

सिनेटका अध्यक्ष तथा र वर्तमान प्रधानमन्त्रीका पितासमेत रहनुभएका हुन सेन राष्ट्रिय राजनीतिमा एक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।

७२ वर्षीय केम सोखालाई सन् २०१७ मा देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो र छ वर्षपछि सजाय सुनाइएको थियो तर उनलाई राजधानी नोमपेनमा नजरबन्दमा राख्न आदेश दिइएको थियो।

विघटित विपक्षी कम्बोडिया नेशनल रेस्क्यु पार्टीका सह–संस्थापक केम सोखाले बारम्बार आफूमाथि सरकारद्वारा लगाइएको उक्त आरोपको खण्डन गर्दै आउनुभएको थियो ।

हुन सेनको कब्बोडियन पिपुल्स पार्टीविरुद्ध पार्टीले चुनावी लाभ हासिल गरेपछि उहाँ र उहाँको लोकप्रिय विपक्षी आन्दोलनलाई राजनीतिबाट रोक्नका लागि उहाँको अभियोजन गरिएको अधिकारवादीहरू बताउँछन्।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले यसै महिना कम्बोडियाली अदालतले केम सोखालाई अप्रिल ३० मा देशद्रोहको सजायविरुद्ध गरेको अपिल अस्वीकार गरेकोमा आफलाईू ‘गहिरो चिन्ता’ लागेको बताउनुभएको थियो ।

“सोमबारको आममाफीले केम सोखालाई पाँच वर्षका लागि देश छोड्न प्रतिबन्ध लगाएको पुनरावेदन अदालतको थप सजायलाई रद्द गरेको छैन,” शाही आदेशमा भनिएको छ।

विपक्षी नेताले सोमबार पुनरावेदन अदालतलाई लेखेको पत्रमा आफूले सर्वोच्च अदालतको निर्णयविरुद्ध आफू सन्तुष्ट नभए पनि पुनरावेदन नगर्ने बताउनुभएको थियो ।

“सरकार र विपक्षीबीचको राष्ट्रिय शक्ति (खमेर र खमेर) बीच वार्ताको माध्यमबाट मेलमिलापको भावनाका साथ यो मुद्दालाई समाधान गर्नु कम्बोडिया र कम्बोडियाली जनताको हितको लागि उत्तम विकल्प हो,” केम सोखाले भन्नुभयो ।  (रासस/एएफपी)