३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनीको ‘मधुबन’ गीतलाई लिएर हङ्गामा, तत्काल डिलिट गर्न माग



अ+ अ-

काठमाडौँ । सन्नी लियोनी अहिले आफ्नो एउटा गीतको विवादका कारण चर्चामा छिन् । सन्नी हालै कनिका कपुरले गाएको ‘मधुबन मे राधिका नाचे’ गीतमा देखिएकी छिन् । सन्नी र कनिका यो गीतको प्रचार गर्न केही दिनअघि ‘बिग बोस १५’ पुगेका थिए ।

तर अहिले यो गीतका कारण मुस्किल भइरहेको छ । यो गीत हेरेपछि केही प्रयोगकर्ताहरु आक्रोशित भएका छन् र भिडियोलाई युट्युबबाट हटाउन माग गरिरहेका छन् । यसले हिन्दूहरुको भावनामा चोट पुगेको प्रयोगकर्ताहरुको भनाइ छ ।

युट्युबमा प्रयोगकर्ताले ‘मधुबन’ गीत र यसको निर्माताप्रति निकै आक्रोश पोखेका छन् । उनीहरुले उक्त भिडियोलाई आपत्तिजनक र अश्लील भन्दै उक्त गीतलाई तत्काल हटाउन माग गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “तपाइँंहरु किन हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्‍याउँदै हुनुहुन्छ ? कृपया यस्तो नगर्नुहोस्।” 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “म अचम्ममा छु कि यो गीतको निर्माणमा संलग्न कसैले पनि यसलाई रोक्ने प्रयास गरेनन् । निर्मातादेखि निर्देशकसम्म के  उनीहरूलाई थाहा छ गीतमा के शब्दहरू छन् र कुन म्युजिक भिडियोको लागि उनीहरूले प्रयोग गरिरहेका छन् भन्ने कुरा ?”

सन्नी र कनिकाको यो गीत बुधबार रिलिज भएको थियो र केही घण्टामै यो गीतलाई १७ लाखभन्दा बढी पटक हेरिएको छ ।