१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको, औषधि बेच्ने अर्कै

६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको, औषधि बेच्ने अर्कै
अ अ+ अ-

काठमाडौँ । औषधिसम्बन्धी जानकारी नभएका व्यक्तिले सर्वसाधारणलाई त्यसको बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले देशभरका ३ हजार ४ सय ४ फार्मेसीमा गरेको निरीक्षणबाट यस्तो तथ्य बाहिरिएको हो । अनुगमन गरिएकामध्ये ६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको र बिक्री गर्ने व्यक्ति अर्कै राख्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यसअनुसार १९ प्रतिशत फार्मेसी अर्काको प्रमाणपत्र लिई चलाएको प्रस्टिन्छ ।

औषधि ऐनअनुसार फार्मेसी जसका नाममा दर्ता छ, उही व्यक्तिले औषधि बेच्नुपर्छ । ‘केही व्यवसायीले भने आफू नबसी औषधिसम्बन्धी सामान्य जानकारीसमेत नभएका व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको पायौं,’ विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले भने, ‘प्रमाणपत्र रहेका व्यक्तिका आफन्त फार्मेसीमा बस्ने गरेको पायौं, जसमा औषधिसम्बन्धी जानकारी छैन ।’ औषधिजस्तो संवेदनशील वस्तुको बिक्री अदक्ष व्यक्तिबाट हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए ।

अनुगमनमा भेटिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ‘कसैलाई निश्चित समय पसल सञ्चालन गर्न रोक लगाएका छौं,’ उनले भने, ‘केहीलाई मुद्दासमेत चलाएका छौं ।’ औषधि ऐनविपरीत फार्मेसी सञ्चालन गर्ने १ सय १३ फार्मेसीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । कारबाहीमा परेर ४० फार्मेसी बन्द भएको विभागका निमित्त महानिर्देशक क्षत्रीले बताए । ५९ फार्मेसीलाई बढीमा ६ महिनासम्म सञ्चालन गर्न नपाउने र १४ फार्मेसीमाथि मुद्दा चलिरहेको उनको भनाइ छ ।

५० वटा फार्मेसी दर्ता नभई चलेको भेटिएको थियो । काठमाडौं, नेपालगन्ज, वीरगन्ज र विराटनगरका केही फार्मेसी त्यसरी चलेको पाइएको उनले बताए । ‘केही फार्मेसीले दर्ताबिनाका औषधि पनि बेच्ने गरेका रहेछन्,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘विभागबाट अनुमति नलिएका औषधि बेच्ने १ सय १५ फार्मेसी पनि कारबाहीमा परेका छन् ।’ दर्ताबिनाका औषधि भेटिएमा ती औषधि जफत गर्ने र फेरि यस्ता औषधि नराख्न चेतावनी दिएको क्षत्रीको भनाइ छ ।

‘भारतसँग खुला सिमाना भएकाले दर्ताबिनै औषधि भित्रिइरहेका छन् । यस्ता औषधि नियन्त्रण गर्न विभागलाई ठूलै चुनौती छ,’ उनले भने । औषधि ऐन २०३५ अनुसार फार्मेसीले ‘नार्कोटिक’ (लागूऔषधमा प्रयोग हुन सक्ने औषधि) बेच्दा छुट्टै सूची बनाउनुपर्छ । तर पनि केही फार्मेसीले नियम मिचेका छन् । नियम मिच्ने २ सय १३ फार्मेसी पनि कारबाहीमा परेका छन् । ‘यस्ता औषधि किन्ने बिरामी, प्रेस्क्राइब गर्ने चिकित्सक र औषधिको मात्रा सबैको विस्तृत रेकर्ड फार्मेसीले राख्नुपर्छ । केही फार्मेसीले यो नियम नमानेको पाइयो,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने । कान्तिपुर दैनिकबाट