२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बैंकिङ प्राणली मार्फत रेमिटेन्स ल्याउने नीति बन्नुपर्छ : अध्यक्ष उपाध्याय

बैंकिङ प्राणली मार्फत  रेमिटेन्स ल्याउने नीति बन्नुपर्छ : अध्यक्ष उपाध्याय
अ अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताउनु भएको छ । बुधबार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताउनु भएको हो । 

अध्यक्ष उपाध्यायले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणली मार्फत ल्याउने नीती सरकारले बनाउनु पर्ने धारणा राख्नु भयो । उहाँले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताउनु भयो । अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउनु भयो । अध्यक्ष उपाध्यायले भन्नुभयो,‘तरलता सहज बनाउनको लागि  राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो । अहिले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स समेत बैंकिङ प्राणली भन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन्। अहिले तरलताको समस्या केही मात्रामा रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था छैन्।  अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउनु स्वभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउँछ। कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ । अब बैंकहरु पनि सन्तुलित भएर जान जरुरी छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताउनु भएको छ । अध्यक्ष पोखरेले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र कुन कुन हुन भनेर छुट्याई दिनु पर्ने बताउनु भयो । अध्यक्ष पोखरेलले भन्नुभयो,‘अब बैंकहरुले पनि कर्जा लगानी गर्दा उत्पादन क्षेत्रमा बढी गर्ने प्रयास गर्ने तयारी गछौं । तर, पछिल्लो समय बैंकहरुले उत्पादन मुलक क्षेत्र भन्दा बाहिर धेरै लगानी गरेर मात्रै बजार तरलता अभाव भएको होइन । बैंकहरुमा ५२ प्रतिशत फिक्स डिपोजिट र २२ प्रतिशत मात्रै चलायमान कर्जा प्रवाह रहेको छ । कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको हो । अहिले कुन उत्पादन क्षृेत्र हो भन्ने समस्या रहेकाले राष्ट्र बैंकले उत्पादनका क्षेत्र छुटयाई दिनुपर्छ । अहिले बैंकहरुले १५ प्रतिशत उत्पादन क्षेत्रमा कर्जा लगानी गरिरहृेका छन््। कषिमा ८ प्रतिशत,होलसेल तथा रिटेलमा २० प्रतिशत कर्जा लगानी बैंकले गरेका छन्।’

त्यस्तै,नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको बताउनु भयो । उहाँले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताउनुभयो । अध्यक्ष तुलाधरले वित्तीय संस्थाहरुले उत्पादनका  क्षेत्रमा कर्जा लगानी गर्नेृ गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘नेपालमा कुन क्षेत्रलाई उत्पादनको क्षेत्र मान्ने छुट्याउन नसिएको छैन । राष्ट्र बैंकले नै यसलाई तोकि दिनुपर्छ । नेपालमा एसेम्बल गर्ने वस्तु आयात हुन्छ । आयात गरेर नेपालमा नै बस्तु उत्पादन गरिन्छ । त्यस्ता उद्योगलाई उत्पादन उद्योग मान्नेकी नमान्ने । अहिले हामीले घरजग्गा,रियल स्टेटको कारोबारलाई अनउत्पादन क्षेत्रमा राखेका छौं । तर, सिमेन्ट,डन्डीहरु प्रयोग गछौं ।’

अध्यक्ष तुलाधरले बजारमा रहेको तरलता व्यवस्थापन गर्न विदेशबाट आउने रेमिटेन्सलाई बैकिङ खाताबाट मार्फत पठाउने व्यवस्था लागू गर्नु जरुरी छ ।