७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कुटनीति र ‘सफ्ट पावर’ नेपालको वैदेशिक सम्बन्धको मुख्य आधारस्तम्भ हुनुपर्छः परराष्ट्र सचिव राई



फाइल फोटो
अ+ अ-

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र सम्बन्धलाई परम्परागत राजनीतिक दायराबाट माथि उठाउँदै आर्थिक कुटनीतिलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

परराष्ट्र सेवा दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव राईले राष्ट्रिय हित र समृद्धिका लागि आर्थिक र सार्वजनिक कुटनीतिको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

सचिव राईले वैदेशिक लगानी आकर्षण, व्यापार प्रवद्र्धन, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण र उद्यमशीलतालाई कूटनीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

नेपालको विशिष्ट ‘सफ्ट पावर’ का बारेमा चर्चा गर्दै सचिव राईले नेपालको सभ्यता, सांस्कृतिक विविधता, आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य र नेपाली जनताको सहनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो । यी सम्पदाहरूको सही परिचालनले विश्व मानचित्रमा नेपालको प्रतिष्ठा र गरिमा अभिवृद्धि हुने उहाँको विश्वास छ ।

परराष्ट्र मन्त्रालयको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सचिव राईले मन्त्रालयका सबै तहका कर्मचारीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले उच्च तहका अधिकारीहरूले मार्गनिर्देशन गर्ने र युवा अधिकारीहरूले नवीन ऊर्जा र सृजनशीलता प्रदान गर्ने भन्दै सबैमा पेशागत मर्यादा, इमानदारिता र जवाफदेहिता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, आजको युगमा कुटनीति केवल राजनीतिक भेटघाटमा मात्र सिमित छैन । विभिन्न राष्ट्रहरूबीच लगानी र प्रविधिका लागि प्रतिस्पर्धा भइरहेको समयमा नेपालले पनि आफ्ना कूटनीतिक प्रयासहरूलाई राष्ट्रिय विकास र आर्थिक अवसर सिर्जनामा केन्द्रित गर्नुपर्छ । हामी जुनसुकै तह वा जिम्मेवारीमा रहे पनि हाम्रो अन्तिम लक्ष्य राष्ट्रिय सेवा र राष्ट्रहितको संरक्षण नै हुनुपर्छ ।’

सचिव राईले परराष्ट्र मन्त्रालयलाई एक आधुनिक, सक्षम र मानवीय भावनाले ओतप्रोत संस्थाका रूपमा विकास गर्ने संकल्प समेत व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रीको नेतृत्वमा मन्त्रालयले संस्थागत सुदृढीकरण र रणनीतिक योजनाका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल