१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले केही खाद्य पदार्थमा फ्यूचर ट्रेड निलम्बन गर्दा आपूर्तिमा असर



अ+ अ-

भारतको प्रमुख कृषि वस्तुहरुमा फ्युचर ट्रेडिङको एक वर्ष लामो निलम्बनले जोखिम व्यवस्थापन उपकरणहरुको प्रयोगलाई कम गर्दैछ । जस्तो कि यस्तो निलम्बनले खाद्य आपूर्ति शृङ्खलामा हेजिङ तथा इन्भेन्ट्री कटौतीका रुपमा अगाडिका खरिदहरु फिर्ता हुने क्रममा रहेका छन् । 

बढ्दो मुद्रास्फीतिलाई कम गर्ने क्रममा अधिकारीहरुले सोयाबिन, खानेतेल, गहुँ, चामल र चनाजस्ता वस्तुमा सोमबार लगाएको रोक सन् २००३ मा कमोडिटी फ्युचर्स सुरु गरेदेखि भारतको सबैभन्दा नाटकीय कदमहरु मध्येको एक थियो । 

व्यापारीहरुलाई निर्णय लिनका लागि महत्वपूर्ण उपकरणहरुबाट वञ्चित गरेर, उनीहरुलाई स्टकमा कटौती गर्न, लामो अवधिका लागि खरिद र विक्रीमा ढिलाइ गर्न र यहाँसम्मकी आयातलाई सीमित गर्न बाध्य बनाउनजस्ता फ्युचर करारसम्मको पहुँचमा लगाइने प्रतिबन्धले घरेलु बजारहरुमा अस्थिरता बढ्न सक्छ । 

“फ्युचर ट्रेडको अभावमा बजारमा कमी र अधिकताका बारेमा थाहा हुँदैन”, खाद्य तेल व्यापारी जीजीएन रिसर्चका मेनेजिङ पार्टनर गोविन्दभाइ पटेलले भन्नुभयो, “यसले मूल्यमा अझ धेरै अस्थिरता उत्पन्न गर्नसक्छ ।”

शीघ्र र दूरदराजमा डेलिभरी गर्नका लागि खाने तेल खरिद गर्ने र घरेलु एक्सचेन्जहरुमा हेज गर्ने पटेलको फर्मले अहिले एक पटक मात्र १० दिनसम्म आफ्नो आवश्यकता पूरा गरेको छ । “हामीले हाम्रो भोल्युमलाई ७० देखि ८० प्रतिशत हेजिङ गथ्र्यौं, अहिले हेजिङको विकल्प छैन त्यसैले हामी परिचालनलाई कम गर्दैछौँ”, उहाँले भन्नुभयो । 

सम्झौताहरु महत्वपूर्ण

भारत वनस्पति तेलको विश्वको सबैभन्दा ठूलो आयातकर्ता हो । भारतले करिब १३ लाख टनको मासिक विदेशी खरिदका साथ आफ्नो ७० प्रतिशतभन्दा धेरै आवश्यकतालाई पूरा गर्छ ।

“फ्युचर्स सम्झौताहरु आयातलाई सहज प्रवाह सुनिश्चित गर्न महत्वपूर्ण थिए, यसबाट खरिदकर्ता र व्यापारीहरुलाई सम्झौताहरुमा हस्ताक्षर गरेपछि तिनीहरुको ढुवानीका लागि केही अंश हेज गर्न अनुमति दिन्थ्यो”, भारतीय तरकारी तेल उत्पादक सङ्घका अध्यक्ष सुधाकर देसाईले भन्नुभयो, “आपूर्ति शृङ्खलामा सबैले हेजिङ टुल र साङ्केतिक मूल्यको अभावमा सञ्चालन गर्ने तरिका परिवर्तन गर्नुपर्नेछ ।”

उहाँका अनुसार उत्पादन क्षेत्रमा सम्भावितरुपमा कमजोर स्तर र बलियो उपभोग क्षेत्रमा उच्च स्तरसँगै मूल्य पत्ता लगाउने प्रक्रिया फ्युचर्स मूल्य खोज प्रक्रिया अधिक स्थानीयकृत हुनसक्छ । 

वैकल्पिक लगानी कोषहरु र अन्तर्राष्ट्रिय व्यापारीजस्ता सङ्गठन आफ्नो जोखिम हेज गर्न विदेशी बजारहरुमा फर्कन सक्ने प्रवीण ब्रोकरेज फर्मका प्रमुख मनोज डालमियाले बताउनुभयो । उहाँका अनुसार यद्यपि त्यो विकल्प साना खेलाडीहरुको पहुँच बाहिर छ जसलाई वस्तु र मुद्रा मूल्य जोखिम व्यवस्थापन गर्न अधिकारीहरुको स्वीकृति चाहिन्छ । 

किसानलाई समस्या

कृषकहरुबाट बाली किन्ने क्षेत्रीय प्रशोधकहरुलाई पनि समस्या हुनेछ किनकी उनीहरु फ्युचर सम्झौताहरुमार्फत अग्रिम विक्रीबाट वञ्चित भएका छन् । महाराष्ट्र आयल एक्स्ट्र्याक्सनका प्रबन्ध निर्देशक मनोज अग्रवालका अनुसार उनको फर्मले किसानहरूबाट सोयाबिन किनेर कमोडिटी एक्सचेन्जहरूमा सोया तेल हेज गर्न सक्दैन।

“यदि हामीले तयार सामानहरू हेज गर्न सक्दैनौँ भने ठूलो मात्रामा कच्चा माल होल्ड गर्ने जोखिम लिन सक्दैनौँ”, उहाँले भन्नुभयो, “हामी सीमित क्षमतामा काम गर्नेछौँ ।”

भण्डारण गर्ने र प्रशोधन गर्नेहरुमा हुने कम सूचीले किसानहरुलाई चोट पुर्याउन सक्ने पश्चिमी राज्य महाराष्ट्रको लातुर सहरका दाल प्रशोधनकर्ता नितिन कलन्त्रीले भन्नुभयो । उहाँका अनुसार किसानहरुले बाली काटिसकेपछि उत्पादनहरु लिएर बजार जाँदा बाढी नै आएको देख्छन् । उनीहरुले एक वर्षका लागि पर्याप्त इन्भेन्ट्री बनाउन उत्सुक प्रशोधनकर्ता र गोदाम उपयोगकर्ताबीच इच्छुक खरिदकर्ता खोज्छन् ।

“यदि कुनै अनिश्चितताका कारणले आफ्ना सामानहरु फिर्ता गर्नुपर्ने अवस्था आयो भने किसानहरुले खरिदकर्ताहरु खोज्न सङ्घर्ष गर्नेछन् जसका कारण मूल्य अझ घट्न सक्छ”, उहाँले भन्नुभयो । (एजेन्सी)