११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सभापति लामिछाने भारत भ्रमण जाँदै, उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जुन १–२ (जेठ १८–१९) भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ। उनी दुई दिन भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।

त्यसैगरी, उनले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ।

यसअघि नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि भारतले औपचारिक भ्रमणका लागि आमन्त्रण गर्ने अभ्यास रहँदै आएको छ। यसैअनुसार तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यस प्रकारका भ्रमण गरिसकेका छन्।

रास्वपा सभापति लामिछानेको भ्रमणलाई भाजपा निकट एक नेताले देशको ठूलो दल तथा सत्तारूढ दलको नेतृत्वका रूपमा गरिएको कूटनीतिक अभ्यासको निरन्तरता भएको बताएका छन्।

पछिल्लो समय नेपाल–भारत सम्बन्धमा केही संवेदनशीलता देखिएको सन्दर्भमा लिपुलेक लगायत सीमा विवादका विषय चर्चामा रहेका छन्। यसबीच भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण स्थगित भएको चर्चा पनि छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मिति अझै निश्चित भएको छैन। परराष्ट्रमन्त्री शिशिर खनालको पनि भारत भ्रमण स्थगित भएको बताइएको छ।

यस्तो परिस्थितिमा रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।