२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा गिरावट, तोलामा २ हजार ८०० रूपैयाँ घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रूपैयाँले घट्दै २ लाख ९० हजार ९०० रूपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०५ रूपैयाँले घटेर ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।