१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

रसुवा जिल्लामा मोवाईल सेवाको गुणस्तरका लागि टावरहरु स्थापन गर्न आवश्यक : मोहन आर्चाय

रसुवा जिल्लामा मोवाईल सेवाको गुणस्तरका लागि टावरहरु स्थापन गर्न आवश्यक : मोहन आर्चाय
अ अ+ अ-

फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य मोहन आर्चायले गुणस्तरिय दूर सञ्चार सेवाको विस्तारलाई सर्वसुलभ बनाउन दूर संञ्चार सेवाको नियामक निकाय दूर संञ्चार प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

रसुवाको उत्तरगया गाँउपालिकामा आयोजित दुर संञ्चार सेवाको बिकास र बिस्तार अबसर तथा चुनौति बिषयक कार्याशाला गोष्टिमा केन्द्रिय सदस्य आचार्यले  सूचना प्रविधिको प्रयोग संगै जोखिम पनि बढ्दै गएकाले व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेतमा सजक भएर लाग्नु पर्ने बताउनु भयो।  

सूचना प्रविधिको प्रयोग गरि आम नागरिकहरुलाई छिटी छरितो सेवा प्रदान गर्न स्थानिय निकायहरुले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको भन्दै उहाँले रसुवा जिल्लामा मोवाईल सेवाको गुणस्तर बृघ्दिकालागि स्थानियको आवश्यकता अनुसार टावरहरु स्थापन गर्न आवश्यक रहेको बताउनु भयो।

जिल्लाका महत्वपूर्ण स्थानहरुमा फ्रि वाई फाईको व्यवस्या गर्न प्राधिकरणलाई अनुरोध गर्दै केन्द्रिय सदस्य आचार्यले आसन्न निर्वाचनलाई मघ्यनजर गर्दै प्रधिकरणले सवै मतदान केन्द्रहरुमा सूचना प्रविधिको पहुँज स्थापना गर्न आवश्यक व्यवस्या गर्न जरुरी रहेको बताउनु भयो।

कार्यक्रममा  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको  पहुँच सर्वसाधारणमा पु¥याउन प्राधिकरण कृयाशिल रहेको बताउनुभएको छ ।

सूचना प्रविधिको प्रयोगलाई व्यापक र विस्तार गर्न प्राधिकरणले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा निशुल्क ईन्टरनेट सूविधा र आईटि ल्याव स्थापनामा सघाई रहेको उहाँले बताउनु भयो।

सेवाप्रदायक छनोट गर्न पाउने अधिकार प्राधिकरणले स्थानिय निकायहरुलाई उपलव्ध गराएको जानकारी दिदै उहाँले सार्वजनिक स्थान मठमन्दिरहरुमा दूरसञ्चार प्राधिकरण निशुल्क ईन्टरनेटको सूविधा समेत उपलव्घ गराउदै आएको बताउनु भयो।

सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तारहुदा त्यसले जोखिमहरू समेत निमत्याएकाले सम्बन्धित व्यक्तिको डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाम सबैको सहयोग आवश्यक रहेको बताउनु भयो।

कार्यक्रममा नेपाल दुर संञ्चार प्रधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चार सेवा तथा सुविधा र्सवसुलभ र भरपर्दो बनाउदै सबैको पहुँचमा पुराउन प्रधिकरण लागि परेको बताउनुभयो ।

कार्यक्रममा सभापति एबं उत्तरगया गाँउपालिकाका अध्यक्ष उन्पेद्र लम्सालले बिश्वमा फैलिएको कोभिड १९ संक्रमणको क्रममा दुरसंन्चार प्रधिकरणले दिएको सेवा बाट नै दुरदराजका छात्रछात्राहरुले यसको प्रयोग गरि शिक्षा पाउन सफल भएको बताउनुभयो ।

सूचना प्रविधिको प्रयोगले स्थानिय निकायबाट प्रदान गरिने सेवाहरुलाई सर्वशुलभ बनाउन सहयोग पुगेको उहाँले बताउनु भयो।