२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

सामाजिक सुरक्षाभत्ता लिन सास्ती
अ अ+ अ-

जलेश्वर । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ । भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका– ८ का वृद्ध बहादुर महराले बताउनुभयो । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको कुनै पनि व्यक्तिको काम एकदिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । 

बैंकले एक दिनमा २०÷२५ जनालाई मात्रै भत्ता बाड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक  पुग्नुभएका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आएपनि पाउन नसकेको गुनासो गर्नुभयो । घण्टौं लाइनमा बसेपनि काम नहुँदा रित्तै फर्किनुपरेको उहाँले सुनाउनुभयो ।

स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएको हो । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरिया जिम्मेवारी लिएका बैंकले व्यवस्थापनमा ध्यान नदिँदा उपभोक्ताले सहज सेवा पाउन नसकेको बताउनुहुन्छ । रासस