२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीहरुले बस्नु भनेर मात्र म अध्यक्षमा बसेको छु: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथीहरुका कारण आफू अध्यक्ष पदमा बसेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उहाँले राष्ट्रको सर्वोत्तम हितका निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति आफूले अन्तिम समयसम्म लड्छु भनेकाले मात्र साथीहरुले आफूलाई अध्यक्षमा बस्नुपर्छ भनेको बताउनुभयो । 

“व्यत्तिगत रुपले भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ । तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ, नेतृत्वप्रति गर्व गर्नेछ । यो त साइन्स हो, यो त विज्ञान हो । यो व्यक्तिगत कुर होइन भनेर म भन्न चाहन्छु”, उहाँले भन्नुभयो । 

इतिहास र घटनाक्रमले गम्भीर ढङ्गले एउटा नेतृत्वको विकास गरेको छ भन्दै उहाँले भन्नुभयो, “त्यो मेरो व्यक्तिगत कुरा होइन । त्यो आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यक्ता र चाहनाले नेतृत्व विकास हुने कुरा हो ।” पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति अध्यक्ष पदमा बसेको भनेको उहाँको भनाइ थियो ।