काठमाडौं । मलेसिया विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो ।
मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्रै जोडेको थियो । नेपालका लागि रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले दुई–दुई विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा नेपालले ३ विकेट गुमाएर १६ ओभरमा लक्ष्य भेट्यो । नेपालका लागि प्रारम्भिक ब्याटर सम्झना खड्काले अविजित ३९ रन जोडिन् । उनले ३७ बलको सामना गरेकी थिइन् । कविता कुँवरले २० बलमा १९ रन बनाइन् ।
यसअघि, पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।











