२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कलाकार सम्पदा संरक्षणमा सक्रिय

कलाकार सम्पदा संरक्षणमा सक्रिय
अ अ+ अ-

काठमाडौँ । सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका  सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन् ।  

शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी छन् ।

प्रत्येक कलाकारले कम्तीमा फरक फरक दुई चित्र बनाउनुपर्ने छ । एउटा चित्र समितिले राख्ने छ भने अर्को कलाकार स्वयमले प्रयोग गर्न सक्नेछन् । कलाकारले मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन् । शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिबेसमानसिंह प्रधानले जानकारी दिनुभयो ।   

हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि  शनिबारीय कला कार्यशाला समूह काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको प्रधान बताउनुहुन्छ । चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको प्रधानले बताउनुभयो । 
    
“चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवा पुस्तामा चित्रकलाप्रति आकर्षण कम छ त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा  पर्दैनन् त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनमा राख्न थालिएको हो”, उहाँले भन्नुभयो ।” हाल तयार भइरहेको वसन्तुरको ऐतिहासिक सम्पदाको चित्र पनि यही पुस १२ गतेदेखि एक महिनासम्म प्रदर्शनीमा राखिने बताइएको छ । 

उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाउने छन् । चित्र कोरेबापत उक्त समूहले कुनै परिश्रम लिने छैनन् । चित्र बनाउनका लागि आवश्यकपर्ने सामग्री समितिले प्रदान गरेको हो । तयार पारिएका चित्र सङ्ग्रहालमा राख्ने बताइएको छ । 

कार्यशाला समूहले अहिलेसम्म काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये ५ वटाको चित्र बनाइसकेको छ । पशुपतिनाथको चित्र कोर्ने तयारी छ । रासस