४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता १४ जेठदेखि



अ+ अ-

काठमाडौँ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियरमा पुरुष÷महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

जुनियर खेलाडीले सिनियरबाट सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले जुनियर र क्याडेटको प्रतिस्पर्धा पनि राष्ट्रिय प्रतियोगिताकै दौरान गर्न लागिएको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट १० का दरले १ सय खेलाडी सहभागी हुने मुख्य प्रशिक्षक बासुकलाले जानकारी दिए ।

त्यसबाहेक सिनियरको पुरुष÷महिलामा शीर्ष ८ स्थानमा रहेका खेलाडीले तहगत छनोट बिनै सोझै प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । १० टिमबाट १ सय र शीर्ष ८ स्थानमा रहेका पुरुष÷महिला गरी १६ सहित जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिए । जेठ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । रासस