४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षणभङ्गुर चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह



अ+ अ-

काठमाडौँ। महानायक राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउनुभएको छ ।

चलचित्र पत्रकार सङ्घ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उहाँले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती दिनहरूको स्मरण गर्नुभयो । उहाँले आफ्नो जीवनको पहिलो अन्तर्वार्ताको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई ‘काम चाहिँ के गर्नुहुन्छ ?’ भनेर सोध्नुभएको थियो ।

त्यस समयमा चलचित्र क्षेत्रलाई पेसाका रूपमा नभई केवल सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो ।’ तर, समयक्रमसँगै चलचित्र क्षेत्र र पत्रकारिता दुवैले ठुलो फड्को मारिसकेको उहाँको भनाइ छ ।

हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभयो । सूचनाको बाढी आएको वर्तमान अवस्थामा पाठकको ध्यान आकर्षण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी यस्तो मोडमा छौँ जहाँ गहन पत्रकारितामा सम्झौता गर्नुपर्ने स्थिति आएको छ। एल्गोरिदम र भाइरल हुने होडबाजीले गर्दा विषयवस्तुको गम्भीरता हराउँदै गएको छ ।’

आर्टिफिसियल इन्टेलिजेन्स र भ्रामक सूचनाका कारण सत्य र असत्य छुट्याउन कठिन भइरहेको तर्फ सङ्केत गर्दै उहाँले पत्रकारहरूलाई एक गम्भीर प्रश्न गर्नुभयो । –न्युज एजेन्सी नेपाल