८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा अग्लो व्यक्ति श्रीमतीको खोजीमा, विवाहका लागि केटी खोज्न रुस पुगे



अ+ अ-

मस्को । विश्वको सबैभन्दा अग्लो व्यक्ति रुस पुगेका छन् । उनले आफ्ना लागि नयाँ पत्नी खोजिरहेका छन जसले उनीबाट बच्चा जन्माउन सक्छ  । ३९ वर्षीय सुल्तान कोसेन टर्कीका किसान हुन् । उनको ट्युमरले पिट्यूटरी ग्रन्थीलाई असर गरिरहेको छ। पिट्युटरी ग्रन्थीले धेरै अग्लो हुने हर्मोन उत्पादन गर्छ जसका कारण तिनीहरु आकारमा असाधारणरुपमा ठूला हुन्छन् । 

उनको अचम्मको उचाइका कारण उनको नाम ‘सबैभन्दा अग्लो जीवित व्यक्ति’ का रुपमा गिनिज वल्र्ड रेकर्डमा समावेश गरिएको छ । उनी ८ फिट ३ इन्च अग्ला छन् । कुर्द मूलका कोसेनका अनुसार अब उनलाई यो लम्बाइको बानी परेको छ। तर कहिलेकाहीँ यसका कारण उनले धेरै कठिनाइ र असुविधाको सामना गर्नुपरेको छ । उनले सन् २०१३ मा ५ फिट ९ इन्च अग्ली २९ वर्षीया सिरियाली महिला मर्भ डिबोसँग विवाह गरेका थिए ।

सम्बन्धविच्छेदपछि पुनः विवाह गर्ने इच्छा 

एक अन्तर्वार्तामा उनले आफ्नी श्रीमतीसँगको सबैभन्दा ठूलो समस्या ‘सम्पर्क’ भएको बताए किनभने उनी टर्की भाषा बोल्छन् भने श्रीमती अरबी मात्रै बोल्थिन् । कुराकानी गर्न समस्या भए पनि तलाक नभएसम्म विवाह भएको धेरै वर्षसम्म उनीहरुले सँगै बिताए । अहिले एक्लै भएपछि कोसेनले फेरि बिहे गर्ने सोच बनाएका छन् । उनी डिसेम्बरको सुरुमा रुस पुगेका थिए जहाँ उनी आफ्ना लागि नयाँ पत्नी खोजिरहेका थिए।

‘रुसी महिलाहरू विनम्र पुरुष मन पराउँछन्’

उनले भनेका छन्, “म मेरी नयाँ श्रीमतीलाई टर्कीमा लैजान चाहन्छु, म समुद्रबाट टाढा दक्षिणपूर्वको ऐतिहासिक ठाउँमा बस्छु, मैले सुनेको छु कि रुसी महिलाहरु विनम्र पुरुष मन पराउँछन्, त्यसैले यो पर्याप्त सजिलो हुनेछ ।” कोसेनका अनुसार रुसी महिलाले आफ्नो पतिलाई सधैँभरि माया गर्छिन् । कोसेन आफ्नी नयाँ श्रीमतीको खोजीमा कति दिन रुस बस्नेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।