११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गर्नुभएको हो ।

त्यसैगरी आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (८) बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरुका उपस्थिति रहेको थियो ।