२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी दुर्घटनामा आठ जना घाइते



अ+ अ-

बागमती।  हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ लालझाडीका  ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उहाँकी श्रीमति २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र  उहाँकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार घाइते भएका छन् । उहाँहरुलाई उपचारका  लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।  रासस