९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्सकाे रेड कार्पेटमा नेवारी पोशाकमा सुनिता डंगोल



अ+ अ-

काठमाडौं: काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छिन् । उनी नेवारी समुदायको परम्परागत वेशभूषा लगाएर महोत्सवमा सहभागी भएकी हुन् । यस फेस्टिभलमा विश्वभरका चर्चित कलाकार, फिल्मकर्मी लगायतको सहभागिता हुने गर्दछ ।

विश्वप्रसिद्ध त्यस फेस्टिभलमा उहाँ चार दिन सहभागी भएर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिने कार्यक्रम छ ।

महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स गएकी काठमाडौं महानगरले जनाएको छ । यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए । युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ ।

कान्स फिल्म फेस्टिभल यही २१ मे सम्म (बुधबारसम्म) फ्रान्समा आयोजना भइरहेको छ ।