११ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैनः एमाले सांसद पोर्तेल



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गर्नुभएको छ ।मंगलवार बसेको राष्ट्रिय सभामा विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकतामाथी छलफल गर्दै उहाँले उद्योगधन्दामा आगो लगाएर लगानीमैत्री वातावरण नबन्ने बताउनुभएको हो ।

उहाँले लगानीमैत्री वातावरण र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्ने सरकारले दावी गरेपनि उद्योगी व्यवसायीलाई सनकको भरमा समातेर थुन्दै गर्दा निजी क्षेत्रको आत्मविश्वास नफर्किने बताउनु भयो । उहाँले खरानी बनाइएका उद्योगधन्दा र निजी सम्पत्तिको क्षतिपूर्ति सरकारले गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नसमेत उठाउनु भयो । उहाँले सरकारको आर्थिक नीति, वित्तीय संघीयताबारेमा पनि स्पष्टता नरहेको उल्लेख गर्नुभयो ।

सरकारले अर्थतन्त्रको पुनःसंरचना गर्ने दाबी गरेपनि त्यसको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको उहाँको भनाई छ । उहाँले प्रदेश र स्थानीय तहलाई स्रोत वितरण गर्ने मापदण्ड स्पष्ट नआएको उल्लेख गर्दै स्थानीय तहको राजस्व क्षमता अभिवृद्धि सरकारको प्राथमिकतामा नरहेको बताउनु भयो । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्वर्गको ठेगाना उल्लेख गरिएको भएपनि त्यहाँ पुग्ने बाटो नदेखाइएको टिप्पणी गर्नुभयो । नर्कको बाटोतर्फ पाइला चालेर हातमा बोकेको स्वर्गको ठेगानामा पुग्न नसकिउने उहाँको भनाई छ । उहाँले सरकारलाई यथार्थपरक नीति ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अर्थतन्त्रको पुर्नसंरचनाको गर्ने भनेको छ । सरकारको वित्तिय संघियताको मार्गचित्र के हो ? प्रदेश र स्थानीय तहलाई स्रोत वितरणको मापदण्ड के हो ? प्रदेश र स्थानिय तहको राजस्वको क्षमता विकास गर्ने यो सरकारको कार्ययोजनाको प्राथमिकताभित्र पर्छ कि पर्दैन ? सरकारलाई सोध्न चाहन्छु । सरकारले लगानीमैत्री आर्थिक वातावरण तयार गर्ने, निजी क्षेत्रको आत्मविश्वास पुर्नस्थापित गर्ने कुरा गरेको छ । मान्छेहरुले भन्ने गर्छन, खराने ग्याङका सदस्य नै अहिल सत्तामा छन्, ती मान्छेहरुले भनेको कुरा सत्य हो की होईन, मलाई थाहा छैन । नागरिकले प्रश्न गरेपछि प्रश्ट पार्ने जिम्मा सरकारको हो, म त्यतातिर जान चाहन्न । तर यति मात्रै भन्न चाहन्छु, उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैन । उद्योगी व्यवसायीलाई सनकको भरमा समाउँदै थुन्दै गरेर निजि क्षेत्रको आत्मविश्वास पुर्नस्थापित हुँदैन । सरकारलाई सोध्न चाहन्छु खरानी बनाईएका उद्योगधन्दा र नागरिकको निजी सम्पतीको क्षतिपूर्ति गर्ने जिम्मेवारी सरकारको हो की होईन ?’

उहाँले विनियोजना विधेयकमा संविधानको समाजवादउन्मुख अर्थतन्त्र, समावेशी विकास, आर्थिक समानता र सामाजिक न्यायका मूल सिद्धान्तसँग मेल नखाने दाबी गर्नुभयो । साथै, सुशासनका नाममा सरकारले विवेकसम्मत शासनको नयाँ अभ्यास गरिरहेको टिप्पणी गर्दै नागरिकको छाप्रोमाथि डोजर चलाएर सरकारको विवेकसम्बत शासन कस्तो हुन्छ भन्ने देखाएको उल्लेख गर्नुभयो ।