५ असार २०८३, शुक्रबार
,
Latest
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा अर्थमन्त्रीको खोजी: सांसद अमेरशको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको जारी छलफलमा भाग लिँदै उहाँले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको समेत स्पष्ट पार्नुभयो ।

सांसद सिंहले संसदीय व्यवस्थामा संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थिति हुने परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा त्यसो नगरेर संसदको औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप पनि लगाउनु भयो । उहाँले नयाँको नाममा सबै भत्काउने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वास्तवमा परम्परा तोडने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिष्टम थियो । परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ । हामी पाँच चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौ भने यो संसदको औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्री सिष्टम समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधान, पार्लियामेन्ट्री सिष्टम अंगिकार गरेको छ । जहाँ अल पार्लियामेन्टरी इक्वायल हुन्छ । प्रश्न सरकारसँग गरिन्छ । र, सांसदले जनताका कुरा पनि सरकारसँग राखिन्छ । यो बीस वर्षको कार्यकालमा म पहिलोचोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ कि । यो कस्तो परम्परा सूरुवात हुँदैछ? नयाँको नाम सबै भत्काउने होइन । सिंहदरवार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउ । मन्त्री पद पनि भत्काउ । सबै चिज चेन्ज गरौन । किनकी जति व्यस्त भएपनि त्यो औचित्यपूर्ण हुुनु पर्छ के । अति भएपछि बोल्न बाध्य भए । त्यही भएर बालेको हो ।’

सांसद सिंहले् आफू छ पटक सांसद भएको तर संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री नभएको पहिलो पटक भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।