२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित
अ अ+ अ-

काठमाडौँ । शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति ‘अभियन्ता’ आज यहाँ लोकार्पण गरिएको छ । घोष्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र  केही नयाँ योजनाका विषय संलग्न छन् । कुनै समय हरियाली नेपाल पार्टी पनि खोल्नुभएका खतिवडा हाल दलित मुक्ति तथा छुवाछुत विरोधी आन्दोलनमा संलग्न हुनुहुन्छ । 

प्रजातन्त्र, मानवाधिकार र वातावरणसम्बन्धी क्षेत्रमा क्रियाशील लेखकको ८८औँ जन्मोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले खतिवडा जस्ता व्यक्तित्वका कारण नेपालको वामपन्थी आन्दोलन यहाँसम्म आएको जनाउँदै अब क्रान्तिकारी वामपन्थी दलहरूको अगुवाइमा समाजवादको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो । चेतनाका वाहक शिक्षकलाई आफ्नो शिक्षण क्रियाकलापमा बाधा नपुर्‍याई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयको विकृति टुलुटुलु हेर्न नसकिने बताउनुभयो । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक अध्यक्ष  लेखक खतिवडाले आफूहरूले २०३६ साल वैशाखमा हेटौँडामा शुरु गरेको शिक्षक तथा विद्यार्थी आन्दोलनले सोही साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गराउन बाध्य पारिएको विचार राख्दै मिचिएको सीमा फिर्ता ल्याउन र  दलितहरूलाई मुक्त गराउन वर्तमान सरकारलाई आग्रह गर्नुभयो । नेपाल जनप्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले वामपन्थी आन्दोलन अगाडि बढाउन खतिवडाहरूले गरेको अग्रपङ्क्तिको आन्दोलनले मुलुकमा वामपन्थी आन्दोलन अघि बढेको बताउनुभयो । 

सो अवसरमा वाग्मती प्रदेशसभाका सदस्य मुनु सिग्देल (लेखककी बुहारी), कृतिका सम्पादक टङ्क पन्त, घोष्ट राइटिङका अध्यक्ष कमल ढकाल, इञ्जिनीयर नवराज खतिवडा, लेखककी नातिनी शृङ्खला खतिवडा, साहित्यकार मुकुन्द आचार्य र  पाण्डवराज कार्कीले खतिवडा सबैका प्रेरणास्रोत भएको र कृतिमा नेपालको इतिहासका मुख्य खण्ड समाविष्ट भएको जनाउनुभयो ।  कृतिमा महत्वपूर्ण रङ्गीन तस्बिर पनि समाविष्ट छन् । 

समारोहमा लेखक खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा९लेखकका सुपुत्र०लगायत परिवार, सहभागी अतिथिलगायतले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस