१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक भोटेकोशी नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

कमलाको ‘चिया छानेको’ सार्वजनिक

कमलाको ‘चिया छानेको’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा पत्रकार धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकोले उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने,‘कमलाको गलामा अद्भुद क्षमता छ, उनको सांगितिक तथा शैक्षिक यात्रालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको पनि सुनाए ।

उनले भने,‘कलमाको गीत सबैले रुचाउनुभएको छ, यसलाई माया गर्नुपर्छ । यो गीतलाई तीन करोड नेपालीसामू पुर्याउनको लागि आफूले मिडियामार्फत कुनै कसर बाँकी नराख्नेसमेत धमलाले विश्वास दिलाए । कमलालाई अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिक रुपमा सहयोग गरिरहेकी छिन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराईदिनुभएको छ। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिँगे टिम खुशी छ ।’–उनले भने ।
त्यस्तै कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चूनौति भएको सुनाउँदै समयमै गीत तयार पारेर बजारमा ल्याएको बताए । उनले भने,‘यो गीत तयार गर्न मलाई चूनौति थियो । २४ घण्टामा स्क्रििप्ट तयार पार्न गाह हुन्छ । तर मलाई तीन घण्टाभित्रै भिडियो गर्नुथियो, मैले सबै कलाकार समेटेर अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छु । यसलाई माया गर्नुहोस् ।’

पहिलो दोहोरी गीत बाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा.ली.को लगानीमा बजारमा आएको हो । कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य समेत गरेका छन् । शङ्कर बिसीको निर्देशन रहेको भिडियोको छायाङ्कन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्। भिडियो अहिले निकै भाइरल भएको छ।