१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षाका लागि आन्तरिक गृहकार्य सुरु गर्नु सरकारको सकारात्मक पहल



अ+ अ-

काठमाडौं । सरकारले दुवै छिमेकी देश भारत र चीनसँग सिमाना जोडिएका स्थानको सुरक्षालाई मध्यनजर गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी आन्तरिक गृहकार्य सुरु गर्नु केही सकारात्मक पहल हो । यो आफैमा नेपालको सार्वभौमसत्ता रक्षाका हिसाबले नेपाली भूमिरक्षासँग गम्भीर रूपमा जोडिएको विषय पनि हो । दुई छिमेकी देशसँग जोडिएका सीमा पुनरावलोकन तथा अध्यावधिक हिसाबले केही बढी कूटनीतिक चरित्रको रहने यस तयारीको व्यावहारिक प्रयोग जरुरी छ ।

सरकारले त्यसैअनुसार गर्न चाहेको मनसाय यसमा झल्कन्छ । चीनसँग जोडिएका सीमा इलाकामा तीन–चार ठाउँबाहेक बीओपी राखेको देखिँदैन । भारतीय सीमा इलाकामा बीओपी अलि केही बढी राखेको देखिए पनि भारतबाट सीमा मिच्ने काममा कत्ति पनि कमी आएको छैन । हाल राखिएका बीओपी अस्थायी प्रकृतिका र ती वास्तविक सीमाभन्दा पनि सहरतिर भित्रका इलाकामा नाममा मात्र राखिएका देखिन्छन् ।

हाल यसैबाट पाठ सिकेर सरकारले केही स्थायी प्रकृतिका बीओपी राख्ने भनी सोच बनाएको देखिन्छ । छिमेकी देश भारतले हालसम्म स्वायत्तता दिएको जम्मु काश्मीर र लद्दाखको भूभागमाथि दिल्लीको केन्द्र शासन लागू गरी आफ्नो नयाँ नक्सा बनाउने क्रममा नेपालको सार्वभौमसत्ताभित्र रहेका नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत अन्य मिचिएका भूभाग पनि नयाँ नक्साको सीमाभित्र देखाएपछि सीमा सुरक्षाको विषयलाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली राष्ट्रियताको रक्षाका खातिर एक भएर उठे ।

राष्ट्रियताको बहसमा देशभित्र रहेका आम नेपाली जनतादेखि विदेशमा बसोबास गर्दै आएका सारा नेपाली एक ठाउँमा उभिन पुगे । यसरी जुर्मुराएको नेपाली राष्ट्रिय स्वाभिमानलाई बिना ढिलाइ सम्बोधन गर्न ओली सरकारले सर्वपक्षीय बैठकको आयोजना गर्यो । यो बैठकले सरकारले शीघ्रातीशीघ्र मिचिएका भूमि रक्षाका लागि प्रभावकारी र परिणाममुखी कदम चाल्न सुझाव दिनुका साथै एकसाथ अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गर्यो । देशभरका जनता एक ढिक्का भएर उठेसँगै राज्यव्यवस्था तथा सुशासन समितिले पनि सरकारलाई ७–बुँदे सुझाव तथा निर्देशन दियो ।

गृहमन्त्री रामबहादुर थापाले सीमा रक्षाका लागि स्थायी प्रकारका बीओपी निर्माण गरेर सञ्चालनमा ल्याउने नीतिगत गृहकार्य भइरहेको र यसलाई तत्कालअघि बढाइने प्रतिबद्धता पनि जाहेर गरेका छन् । हाल थालिएको तयारीअनुसार नेपाल सरकारले भारत र चीनसँग जोडिएका सीमा इलाकामा थप १ सय बीओपी सशस्त्र प्रहरीकोे नेतृत्वमा नै राख्नेछ । तर, यसका लागि दुई छिमेकी देशसँग उच्चस्तरीय कूटनीतिक छलफल र समझदारीको जरुरी छ । कुटनीतिज्ञका अनुसार नेपालले थप एक सय बीओपी राख्नुभन्न्दा पहिले भारतद्वारा मिचिएका सीमा इलाकाहरू फिर्ता गर्नुपर्छ ।

नेपालको सीमा यसपटक मात्र मिचिएको होइन । सदियौंदेखि मिचिँदै आएको छ । त्यो पनि दक्षिणी छिमेकी देश भारतबाट मिचिएका सीमाबारे धेरै पटक छलफल पनि भइरहेका र भइसकेका छन् । तर, सीमा मिचिने प्रक्रिया रोकिएको छैन । त्यसैले सरकारले केही गर्न लागेको आभाष दिलाएर नेपालीको राष्ट्रियता रक्षाका खातिर उठेको राष्ट्रवादी सोचमा पानी हालेर मत्थर गर्नका लागि यी कुराहरू बहानाबाजीका रूपमा मात्र उठाउनुहुँदैन ।

भारतले मिचेका सीमा समस्याको न्यायसंगत तथा वैज्ञानिक रूपमा हल हुने गरी शीघ्र कार्यान्वयनमा लैजानुपर्छ । नेपाली जनता विदेशीबाट त प्रताडित हुँदै आएका छन् तर आफ्नै शासकको छलकपटमा पर्ने स्थिति आउन दिनुहुँदैन । मिचिएका सीमा प्राप्ति र वास्तविक सीमा रक्षाका लागि निरन्तर पहलकदमी लिनु आमजनताको भावनाको सम्मान गर्नु हो । राजधानी दैनिकबाट




भर्खरै