२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडाैँ । नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभा (डब्लुएचए–७९) को गरिमामय उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। आज संयुक्त राष्ट्रसंघीय कार्यालय पाले डे नेसन्समा आयोजित महासभाको उद्घाटन सत्रमा नेपालको उक्त ऐतिहासिक निर्वाचन भएको हो।

नेपालको यस सफलतालाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा नेपालको सक्रिय सहभागिता, नेतृत्व क्षमता तथा विश्व समुदायमा स्थापित विश्वासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट माननीय मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाँले विश्व स्वास्थ्यका समसामयिक चुनौती, नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

विश्व स्वास्थ्य महासभा विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण गर्ने निकाय हो, जहाँ सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसँग सम्बन्धित नीतिगत निर्णय तथा भावी कार्यदिशाबारे छलफल गर्ने गर्दछन्।