४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरूको आग्रह



अ+ अ-
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले जनताका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरूले कृषि, स्वास्थ्य, वातावरण, पर्यटन र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय उठाउँदै सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।

बैठकमा सांसद अच्युतम लामिछानेले किसानहरू खेतीपातीको मुख्य समयमा मल, बीउबिजन र कृषि औजारको अभाव झेल्न बाध्य भएको बताउँदै आवश्यक सामग्री सहज र समयमै उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले समयमा मल नपाउँदा कृषि उत्पादनमा गिरावट आउने र किसान निराश बन्दै गएको उल्लेख गर्दै कृषि पेशा नै संकटमा पर्न थालेको बताउनुभयो ।

उहाँले खेतदेखि उपभोक्तासम्म कृषि उत्पादन पुर्‍याउन संघर्ष गरिरहेका किसानको समस्याप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै सांसद इन्दिरा रानामगरले झापामा निर्माणाधीन एशियाली राजमार्ग परियोजनाअन्तर्गत बस्ती नजिकै अलकत्रा उत्पादन गरिँदा वायु प्रदूषण बढेको र स्थानीयवासी स्वास्थ्य समस्याबाट प्रभावित भएको बताउनुभयो । उहाँले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै तत्काल उक्त संरचना हटाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले पाटन औद्योगिक क्षेत्रमा घरेलु उद्योगका लागि छुट्याइएको स्थानमा ठूला उद्योग सञ्चालन हुँदा स्थानीय बासिन्दा बिरामी परेको र केहीको मृत्यु समेत भएको जानकारी आएको उल्लेख गर्दै त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

सांसद अनुष्का श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि सक्षम नेतृत्व र प्रभावकारी संरचना आवश्यक रहेको बताउँदै सम्बन्धित निकायमा पदाधिकारी नियुक्ति प्रक्रिया ढिलाइ नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले प्रभावकारी पर्यटन प्रवर्द्धनका लागि समयमै योग्य र सृजनात्मक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई पनि तीव्र र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।