३१ श्रावण २०८३, आईतवार
,
Latest
परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिन गर्न कांग्रेस उपनेता शाहको माग



Screenshot
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङ ले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभामा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताउनुभयो। उहाँले आयोग नै पूर्व गृहमन्त्रीलाई बचाउन र चोख्याउनतर्फ लागेको भन्ने जनस्तरमा व्यापक आशंका र चर्चा रहेको उल्लेख गर्नुभयो।

उहाँले कुनै पनि शक्तिशाली पदमा बसेका व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउन नहुने बताउँदै आयोगले कुनै दबाब वा प्रभावमा परेर काम गर्न नहुने धारणा राख्नुभयो।

सांसद शाहले प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र भएकाले सरकारलाई आयोगका गतिविधिमाथि निगरानी राख्न र पूर्व गृहमन्त्रीको सम्पत्तिको पारदर्शी तथा निष्पक्ष छानबिन सुनिश्चित गर्न आग्रह गर्नुभयो।