२ भाद्र २०८३, मंगलवार
,
Latest
तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत, चीन र रूसको फोहोर अमेरिका पुग्यो : ट्रम्प



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन,रूसको फोहोर अमेरिका पुग्ने गरेको बताएका छन्।

मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भारत, चीन, रूसलगायतका राष्ट्रले धुँवा तथा उद्योगबाट निस्कने फोहोरको व्यवस्थापन नगरेको आरोप लगाए।

‘अमेरिका थोरै क्षेत्रफल भएको राष्ट्र हो,’ उनले भने, ‘भारत, चीन र रूसजस्ता देश अमेरिकाको तुलनामा धेरै ठूला छन् तर तिनले वातावरण संरक्षण गर्न केही गरेका छैनन्।’

ती राष्ट्रले फोहोर समुद्रमा फालेको फोहोर तैरिएर अमेरिकास्थित लसएन्जल्समा पुग्ने गरेको ट्रम्पको भनाइ छ।

बढ्दो जलवायु परिवर्तन गम्भीर विषय रहेको उल्लेख गर्दै उनले विश्वास गरे पनि नगरे पनि आफू वातावरणप्रेमी रहेको दाबी गरे।

ट्रम्पले पेरिस जलवायु परिवर्तन सम्झौता अमेरिकाको लागि उपयुक्त नभएको र सो सम्झौताले अर्बौंको घाटा हुने बताए।

ट्रम्पले पेरिस सम्झौताबाट सन् २०१७मा अमेरिकालाई अलग बनाएका थिए।