• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

भारत, चीन र रूसको फोहोर अमेरिका पुग्यो : ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन,रूसको फोहोर अमेरिका पुग्ने गरेको बताएका छन्।

मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भारत, चीन, रूसलगायतका राष्ट्रले धुँवा तथा उद्योगबाट निस्कने फोहोरको व्यवस्थापन नगरेको आरोप लगाए।

‘अमेरिका थोरै क्षेत्रफल भएको राष्ट्र हो,’ उनले भने, ‘भारत, चीन र रूसजस्ता देश अमेरिकाको तुलनामा धेरै ठूला छन् तर तिनले वातावरण संरक्षण गर्न केही गरेका छैनन्।’

ती राष्ट्रले फोहोर समुद्रमा फालेको फोहोर तैरिएर अमेरिकास्थित लसएन्जल्समा पुग्ने गरेको ट्रम्पको भनाइ छ।

बढ्दो जलवायु परिवर्तन गम्भीर विषय रहेको उल्लेख गर्दै उनले विश्वास गरे पनि नगरे पनि आफू वातावरणप्रेमी रहेको दाबी गरे।

ट्रम्पले पेरिस जलवायु परिवर्तन सम्झौता अमेरिकाको लागि उपयुक्त नभएको र सो सम्झौताले अर्बौंको घाटा हुने बताए।

ट्रम्पले पेरिस सम्झौताबाट सन् २०१७मा अमेरिकालाई अलग बनाएका थिए।