५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वर्तमान चुनौतिहरूप्रति गम्भीर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ । आइतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै अव जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताउनु भयो । जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलहरुको शक्ति बलियो हुने उहाँको भनाई थियो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो,‘विगतमा उपलब्धिहरुसँगै वर्तमानका चुनौतिहरुप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुुलनका कारण समाजमा प्रश्नहरु उठने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढयो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्दछ । राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले हामी क्रियाशील हुनुपर्दछ । आज मदन आश्रितको स्मृतिको अवसरमा हामीेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढिकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढने प्रेरणा लिनुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । अव पार्टीले पुन जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखि कार्यशैली आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ । कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्दछ । जनताको दुखसुखमा सहभागी हुनुपर्दछ । र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।