८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन सिंगो कांग्रेसको नभै सानेपाको मात्रै सभापति: पूर्णबहादुर खड्का



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् ।

उनले आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको बताए ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्व कार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए ।

उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।

‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ सभापति र उपसभापतिसँगको केही दिनअघि भएको भेटमा खड्काले भने, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरुको जिम्मामा छ भनेको छु ।’ उनले अदालतले जिताएपछि आफूहरुले पनि सभापति मानेको बताउँदै सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिए ।

पूर्व कार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रििनधिसभाको निर्वाचनमा खुम्चिएको बताए । ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो, उनले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’