८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता रिहा गर्नुपर्ने भन्दै तरुण दलले गर्यो नेपालगन्ज बन्द



अ+ अ-

बाँके । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ। पेस्तोलसहित पक्राउ परेका कार्यकर्तालाई रिहाई गर्न बजार बन्द गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कात्तिक १४ गते नेपालगन्जबाट तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई छनड्नुपर्ने माग राख्दै तरुण दलले नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएका छन्। ‘तरुण दलले बन्द गरेको रहेछ, किन हो थाहा भएन,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘हामी बन्दले सर्वसाधरणलाई असर नगरोस् भनी सहज गर्नतिर लागेका छौं।ु

प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो। उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ।