१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम: रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको जनाउनु भएको छ ।   बिहीबार विज्ञप्ति जारी गर्दै नेता पौडेलले राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र भएको उल्लेख गर्नुभएको हो । पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी रहेको  जनाउनु भएको छ ।

उहाँले विज्ञप्ति भन्नुभएको छ ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ ।’
पौडेलले जारी गर्नुभएको बिज्ञप्ति