२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम: रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको जनाउनु भएको छ ।   बिहीबार विज्ञप्ति जारी गर्दै नेता पौडेलले राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र भएको उल्लेख गर्नुभएको हो । पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी रहेको  जनाउनु भएको छ ।

उहाँले विज्ञप्ति भन्नुभएको छ ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ ।’
पौडेलले जारी गर्नुभएको बिज्ञप्ति