१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले आगामी निर्वाचनमा संसारभर छरिएर रहेको नेपालीको मताधिकार सुनिश्चित गर्ने मतदान पद्धतिको विकासलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन प्रस्ताव गर्नुभएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै उहाँले राजनीतिक पहुँच र तजबिजी अधिकारको अन्त्य गर्दै पूर्वाधार आवश्यकताका सूचकाङ्कको गणितीय अङ्कभारका आधारमा मात्रै पुँजीगत बजेट विनियोजन गर्ने नीति अङ्गीकार गर्न आग्रह गर्नुभयो ।

“हरेक योजनाको छनोट र खर्च प्रणालीलाई सार्वजनिक ‘डिजिटल ड्यासबोर्ड’मा आबद्ध गरी पारदर्शी बनाइयोस् । नागरिकले प्राप्त गर्ने सबै सरकारी सेवा तोकिएको समयभित्रै पाउने व्यवस्था गर्न ‘टाइमकार्ड’ लागू गरिने नीतिगत व्यवस्था गरियोस्”, सांसद आचार्यले भन्नुभयो ।

उहाँले सेवा प्रवाहमा ढिलाइ गर्ने र जिम्मेवारी पन्छाउने कर्मचारीमाथि निगरानी राखी कार्यसम्पादनमा आधारित जवाफदेहीता संयन्त्र बनाउन सुझाव दिनुभयो । सांसद आचार्यले देश र जनताको भविश्य उज्ज्वल बनाउने अभिभारा बोकेका सांसदको वृत्तिविकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेट्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरियोस्”, उहाँले भन्नुभयो । संसद्मा उठेका प्रश्नको हिसाबकिताब, सांसद र नागरिक दुवैले पारदर्शी रूपमा थाहा पाउनुपर्नेमा सांसद आचार्यले जोड दिनुभयो । “यसपटकको नीति तथा कार्यक्रमले ‘डिजिटल ड्यासबोर्ड’ निर्माण गर्ने विषयलाई समेटोस्, जसले कुन सांसदले के विषय उठाए, कसको ध्यानाकर्षण गराए र सो विषयमा कुन र के प्रक्रिया अघि बढाइयो भन्ने आमनागरिकले प्रत्यक्ष ‘ट्रयाकिङ’ गर्न सकुन”, उहाँले भन्नुभयो ।

सांसद आचार्यले जनअपेक्षाअनुसार काम गर्न नसक्ने जनप्रतिधिलाई उनीहरूको कार्यकाल नसकिँदै जनताले फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’को अवधारणालाई संस्थागत गर्न आवश्यक संरचनात्मक र नीतिगत व्यवस्थालाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।