१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला जस्तो: केपी ओली

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला जस्तो: केपी ओली
अ अ+ अ-

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिनुभएको छ । शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताउनु भएको हो । उहाँले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताउनु भयो । उहाँले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताउनु भयो ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गर्नुभयो ।  उहाँले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीीतक पार्टीहरु भएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला ग¥यो । र सरकारलाई असहयोग गर भनेर नेपाली काँग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ । कर्मचारीलाई असहयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? सिस्टम बिरोधी सोच हो । लोकतन्त्र बिरोधी सोच हो । तानाशाहीको अर्को रुप हो त्यो । त्यो रकेर्ड नेपाली काँग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ ? भने आफू होइन, अर्को पार्टी सरकारमा भएको हुनाले कर्मचारीहरुले असहयोग गर ? कर्मचारीले सरकारलाई सहयोग नगर्न मिल्छ ? कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् ।

सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन । नेपाली काँग्रेसका नेताहरुले सुनुन्, आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ।  भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताउनु भयो । उहाँले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको बताउनु भयो । अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताउनु भयो । उहाँले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताउनु भयो । अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, आदि इत्यादी परमादेश, जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छेहरु पनि पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगेभने त्यस्ता मान्छेहरुमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयको वास्ता गर्दैन । मै सबथोक छु । मै शक्तिशाली छु भन्ने ठान्छ । त्यसरी उसले अहंकार देखाउँछ । कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन ? हुम् हुम् हुम् गर्छन् । तपाईहरुलाई अचम्म लााग्दैन ? क्या मन्त्री ? कहाँबाट आयो यस्तो मन्त्री ? कसरी आयो ? कस्तो कस्तो मान्छे ? अखडामा कुस्ती खेल्न पस्दैछ कि ? रेस्लिङको रिङमा पस्दैछ कि ? साधारण मान्छेहरु पनि अचम्म मान्छन् । त्यो के हो भने उन्माद हो । एउटा चिम्पान्जी जब जवान हुन्छ त्यसमा बलको उन्माद हुन्छ । बलको उन्माद भएपछि त्यसले छाति ड्याम ड्याम हान्छ । उसले कुस्ती खेल्ने जोडी खोजेको, अर्को त्यसैगरी छाति पिट्ने भेट्टायो भने भिड्छ । कहिले काहीँ म हाम्रा माननीय मन्त्रीहरुलाई त्यस्तै त्यस्तै देख्छु । कहिले काहीँ धान रोप्दा सामा पनि निस्किन्छ । मुन्तला लगाउँदा ऐँजेरु झनै सप्रिएर आउँछ । यसलाई हामीले लोकतन्त्र ठान्नु हुँदैन । लोकतन्त्रमा परमादेशी सरकारबाट निस्किएका ऐँजेरुहरु यस्तै हो । त्यसैले हामीले सही प्रतिनिधिहरु ल्याउनुपर्छ चुनावबाट । त्यस्ता पात्रहरु चुनावसँग डराउँछन् । चुनाव भनेपछि कहिले अदालत लौ न नि चुनाव भयो, ग¥यो, प्रतिगमन हुने भयो देशमा, चुनाव भएर जनताले भोट हाल्यो भने हामी त स्वाहा सुन्नुभएन ? आफू स्वाहा हुन्छु भनेर चुनाव र जनतामा जाने कुरालाई स्वाहा भन्छन्, प्रतिगमन भन्छन् ।’

अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिनुभयो । उहाँले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशत भन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताउनु भयो । उहाँले एमालेलाई अदालतबाट हटाउनेहरुले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बडारेर लैजाने बताउनु भयो । उहाँले एमालेरुपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै पनि ठाउँमा हिजोको जस्तै परिणाममा एमालेको सन्दर्भमा हिजोको जस्तो परिणाको कसैले कल्पना नगरे हुन्छ । एमालेले स्वीप आउट गर्दैछ । एमालेलाई ५ वर्ष सत्ता स्ञ्चालन गर्न दिएको भए ८० प्रतिशत भन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो । त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन् । यिनीहरुले सोचेका होलान् बीचमै परामादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो । रोक्ने कोशिस ग¥यो कि बगाउँछ । त्यसकारण यो भेल निर्वाचनको माध्यमबाट अघि आउँदैछ ।’

अध्यक्ष ओलीले (नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताउनु भयो । उहाँले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताउनु भयो । अध्यक्ष ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको पनि बताउनु भयो ।