५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ रास्वपाको जिकिरः सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।

विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको माग गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको सो प्रश्ताव मन्त्रीले प्रश्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्नेकुरा हुनै नसक्ने बताउनु भयो । उहाँले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्ननमिल्ने भन्नेकुरा नभएकोतर्फ पनि विपक्ष दलहरुको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन ।र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौ । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु प¥यो । अन्यथा टेबुलगरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन । कुनैपनि नियमा यस्तो छैन । यो त भएन ।’

प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलहरुले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गर्नुभयो ।




भर्खरै