२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी



अ+ अ-

जनकपुरधाम — नेपाली कांग्रेस प्रदेश २ सभापतिमा शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बन्नु भएका कृष्ण प्रसाद यादव विजयी हुनु भएको छ । यादवले ९९६ मत ल्याएर विजयी हुनु भएको हो । सभापतिका अर्का प्रत्यासी  रामसरोज यादवले ८५५ मत प्राप्त गर्नु भएको थियो ।

विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट रामसरोज यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत हुनुहुन्छ । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाए पनि सफल भएन ।

खासगरी चुनावमा विमलेन्द्र निधिका लागि यो चुनाव निकै महत्वपूर्ण ठानिएको थियो । आफ्नै गृह प्रदेशमा रामसरोजको पराजयले निधिमाथि थप चुनौती थपिएको छ । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने समय अभावका कारण स्थगित भएको थियो ।