१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

क्यासिनो माजोंग दक्षिण एसियामा सर्बोत्कृष्ट

क्यासिनो माजोंग दक्षिण एसियामा सर्बोत्कृष्ट
अ अ+ अ-

सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगको सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो । क्यासिनो माजोंगले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रमहरु संचालन गर्दै आएको छ, साथै क्यासिनो माजोंगले नेपालगंजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सचालन गरेको छ ।

२०६९ पौष १२ मा क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि. आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ ।

र कुनैपनि राजश्व रकम बुझाउन बाँकी छैन । यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र आश्रित हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । आधुनिक सामाग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पुर्याउनु यसको लक्ष्य रहेको छ ।