१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

नयाँघर पाउँदा दंग

नयाँघर पाउँदा दंग
अ अ+ अ-

मुगु । एक वर्षदेखि त्रिपालमा बस्दै आएका मुगुमकार्मारोङ्ग गाँउपालिका–४ किम्री गाउँका १९ घरधुरीका आगलागी पीडितलाई नयाँ घर हस्तान्तरण गरिएपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ ।

किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । एक वर्षसम्म खुला आकाशमुनि त्रिपालमा हिउँद र वर्षा कष्टकर जीवन बिताउँदै आएका आगलागी पीडितलाई गत शनिबार नवनिर्मित घर हस्तान्तरण गरिँदा उनीहरुको अनुहारमा खुशी देखिएको थियो ।

वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट सल्केको आगोले सँगै जोडिएका १९ घर पूर्णरूपले क्षति भएपछि उनीहरुको नयाँ घर निर्माण गर्ने जिम्मा ब्याक टु लाइभको आर्थिक सहयोगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हिरेन्डेक)ले जिम्मा लिएको थियो । रु एक करोड २२ लाख ५५ हजारमा शौचालयसहित ढुङ्गा र काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

गएको मङ्सिर २६ गतेबाट घर निर्माण कार्य शुरु गरिएको थियो । ती घर छ महिनामा निर्माण गरी पीडित घरधुरीलाई हस्तान्तरण गर्ने लक्ष्य भए पनि हिमपात र स्थानीयवासीहरु जडीबुटी तथा यार्सागुम्बा सङ्कलनमा गएकाले निर्माणमा ढिलाइ भएको हो । एक वर्षमा घर र शौचालय निर्माण गरेर सबै पीडितले नयाँ घर पाएको वडाध्यक्ष लामाले बताउनुभयो ।

एक वर्षसम्म हिउँदको चिसो र वर्षाको पानीले ९६ अग्निपीडित परिवार दैनिक कष्टकर जीवन बिताउन बाध्य भएको थियो । “शनिबारदेखि नयाँ घर पाएका छौँ, अब गाँउको लामा गुरुबाट घरको पूजा गरेर केही दिनमै नयाँ घरमा सर्ने योजना छ”, अग्निपीडित जेक्टोल लामाले भन्नुभयो ।

आगलागी भएलगत्तै हेलिकप्टरद्वारा घटनास्थल पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट पूर्णरूपले क्षति भएका १९ वटै घरलाई कर्णाली प्रदेश सरकारले निर्माण गरिदिने पीडितलाई आश्वासन दिनुभएको थियो ।

मङ्सिरसम्म प्रदेश सरकारले घर निर्माणका लागि कुनै पहल नगरेपछि हिरेन्डेक नामक गैर सरकारी संस्थाले घर निर्माण गरेको पीडितले बताए । गाउँमा अग्निपीडितले घर पाएको भए पनि पूरै गाँउलाई खानेपानीको समस्या रहेको छ । स्थानीयवासीहरुले घर हस्तान्तरणमा कार्यक्रममा पुगेका प्रदेशसभा सदस्य दानसिंह परियारलाई प्रदेश सरकारले गाउँमा खानेपानीको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सांसद परियारले खानेपानीको समस्या समाधान गर्न पहल गर्ने गाउँलेलाई आश्वासन दिनुभएको थियो ।