१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गतामैत्री सार्वजनिक शौचालय



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको रु नौ लाख बजेटमा शौचालय बनेको हो ।

शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘र्याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै शौचालय कोठा छ ।

अपाङ्गता भएका व्यक्तिका लागि पहिलोपटक पहुँचयोग्य सार्वजनिक शौचालय बनाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । “भएको शौचालय पनि जीर्ण थियो, अपाङ्गतामैत्री थिएन”, उहाँले भन्नुभयो, “अब सबैका लागि सहज भएको छ ।”

हटिया क्षेत्रमा बढ्दो बजारीकरणसँगै सार्वजनिक शौचालयको अभाव खट्किरहेको थियो । नगरभित्र आवश्यक पर्ने अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माणको योजना छ । पछिल्लो समय भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउने क्रम बढ्दो छ । विद्यालय, अस्पतालजस्ता क्षेत्रमा पनि अपाङ्गता भएको व्यक्तिको सहज पहुँच पुग्ने गरी संरचना बनाउनुपर्ने सरकारी नीति नै छ । भौतिकमात्र नभएर अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिको सहज पहुँचको सुनिश्चितता हुनुपर्ने माग उठ्ने गरेको छ ।